वरिष्ठ चलचित्र निर्देशक दुकको निधन
सउल । दक्षिण कोरियाका वरिष्ठ चलचित्र निर्देशक किम कि दुकको कोभिड –१९ का कारण शुक्रबार निधन भएको छ । उनन्साठी वर्षीय दुक गत नोभेम्बरदेखि लातभियामा बसिरहेका थिए । दुकले एक महिनायता लातभियाको समुद्री किनारमा घर किन्ने योजना बनाइरहेका थिए ।