स्वतन्त्र प्रेसमाथिको हनन कुनै पनि हालतमा मान्दैनौँ : सभापति देउवा
काठमाडौँ, नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता विरोधी कुनै कानून आफ्नो पार्टीलाई मान्य नहुने बताउनुभएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने मनसायले विधेयक अघि बढाएको आरोप लगाउँदै