काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप
यहाँ विहिबार दिउँसो नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–६ मा झडप हुँदा आठजना घाइते भएका छन् । झडपका क्रममा नेपाल तरुण दलका तीन र वाइसिएलका पाँचजना कार्यकर्ता घाइते भएको बताइएको छ ।