निर्वाचन पर्यवेक्षण सम्बन्धी प्रतिवेदन सच्याउन इयुलाई प्रमको आग्रह
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको भावना, मर्म र प्रावधानलाई होच्याउने गरी सार्वजनिक गरिएको युरोपेली सङ्घ(इयु)को निर्वाचन पर्यवेक्षणसम्बन्धी प्रतिवेदन सच्याउन आग्रह गर्नुभएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले आज आयोजना गरेको पर्यवेक्षण मूल प्रतिवेदन सार्वजनिक कार्यक्रममा उहाँले निर्वाचन