योगेश पर्यटनमन्त्री बनेसँगै ताप्लेजुङवासीमा खुशीयाली, प्रतिस्पर्धी भन्छन्–चुनावका एजेण्डा पूरा हुन्
‘अब बकैदा मन्त्री भएर मन्त्रालय चलाएर ताप्लेजुङ बनाउने जिम्मा योगेशको, जिताएर पठाउनुहोस, मन्त्रीको बिल्ला भिराएर फर्काउँछु’–प्रतिनीधिसभा सदस्य निर्वाचनका बेला तत्कालीन एमाले अध्यक्ष केपी ओलीले भन्नुभएको थियो । निर्वाचनकाबेला ओलीले दिनुभएको त्यो बचन योगेश भट्टराईलाई प्रतिनीधिसभा सदस्यमा निर्वाचित गराउने ठूलो खुड्किलो