काठमाडौँमा तीनजनामा हैजा पुष्टि
काठमाडौँ । काठमाडौँको कालीमाटी क्षेत्रका तीन जनामा हैजा पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डाक्टर अर्जुनप्रसाद सापकोटाले कालिमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा देखिएको जानकारी दिएका छन् । सापकोटाका अनुसार तीनै जनाको टेकु अस्पतालमा उपचार भइरहेको छ ।