प्रधानमन्त्री ओलीद्वारा अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान राख्न सफल क्रिकेटर पौडेललाई बधाई
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान राख्न सफल क्रिकेटर रोहितकुमार पौडेललाई आज बधाई दिनुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडीको रेकर्ड कायम गर्न सफल भएकामा रोहितलाई