कृष्णसार लोप हुने अवस्थामा
धम्बोझी, जिल्लाको गुलरिया नगरपालिका–२ खैरापुरमा रहेको विश्वको दुर्लभ वन्यजन्तु कृष्णसार लोप हुने अवस्थामा रहेको छ । २०४३ सालसम्म कृष्णसारको सङ्ख्या ६०० थियो । अहिले कृष्णसारको सङ्ख्या १८४ मात्र रहेको छ । नेपालमा शिकार गर्न प्रतिबन्धित २६ वन्यजन्तुमध्येमा कृष्णसार पर्दछ ।