त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको दोस्रो ठूलो धनगढी विमानस्थल : मन्त्री अधिकारी
कैलाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले छिमेकी देशसम्म हवाई सेवा सञ्चालन गर्ने गरी धनगढी विमानस्थलको स्तरोन्नतिको काम सरकारले गरिरहेको बताउनुभएको छ । आज विमानस्थल कार्यालयमा आयोजित अन्तरक्रियामा मन्त्री अधिकारीले भन्नुभयो, “छिमेकी देशसम्म हवाई सेवा सञ्चालन गर्ने उद्देश्यले