कोरोना त्रासले भारत गएका घर फर्किँदै
दार्चुला । नौगाड गाउँपालिका–६ का २१ वर्षीय रमेश टमटा र नौगाड गाउँपालिका–३ का धनसिंह ठगुन्ना झण्डै एक वर्ष दिल्ली बसेर घर फर्किनुभएको छ । कामका लागि भारत गएका टमटा र ठगुन्ना कोरोना भाइरस (कोभिड–१९) बाट जोगिन गाउँ फर्किनुभएको हो ।