अविरल वर्षाले हुम्लामा २० घर भत्किए, एक सय घर उच्च जोखिममा
हुम्ला । आइतबार रातिदेखिको अविरल वर्षाले हुम्लामा २० घर भत्किएका छन् । एक सय घर उच्च जोखिममा परेका छन् । सर्केगाड गाउँपालिका-१ को जैरमा ६ घर पूर्ण रुपमा भत्किएकाे र १० घरमा आंशिक क्षति पुगेकाे वडाध्यक्ष गोकुल बुढाले जानकारी दिनुभयो ।