मूर्तिसँगै टेउवाको पर्यटन ठडिने अपेक्षा
गलकोट । बागलुङ जिल्लाको गलकोटस्थित नौ हजार ३१३ फिट अग्लो पहाड घुम्टेको काखमा छ टेउवा । गलकोट र घुम्टे सबैले सुनेकै नाम भए पनि टेउवा खासै चिनिएको ठाउँ होइन । खेतीपाती पनि बाँदरले खाइदिने नाङ्गो डाँडो गलकोट नगरपालिका–५ हरिचौरस्थित टेउवाको नाम