पर्यटकीय गन्तव्यको पहिचान र प्रवद्र्धन गरेका छौँ : अध्यक्ष पुन, अन्नपूर्ण गापा, म्याग्दी
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन भारतीय गोरखा सैनिकबाट सेवानिवृत्त क्याप्टेनसमेत हुनुहुन्छ । पर्यटकीय स्थल घोडेपानीमा लामो समय होटल र पर्यटन व्यवसायको अनुभव सँगाल्नुभएका पुनले आफूले जनप्रतिनिधिको हैसियतमा पाएको सुविधालाई विपन्नको शिक्षा, स्वास्थ्यलगायत सामाजिक काममा परिचालन गर्नुभएको छ । सेनामा रहँदा