एसबाट मेयरको उम्मेदवार बनेका भुर्तेल एमाले प्रवेश
हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा नेकपा समाजवादीबाट मेयर पदमा उम्मेदवारी दिएका रोमनाथ भुर्तेल नेकपा एमालेमा प्रवेश गरेका छन् । आज एक कार्यक्रमका बीच भुर्तेल एमालेमा प्रवेश गरेका हुन् । भुर्तेललाई एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेलले पार्टी प्रवेश गराएका थिए ।