धुलिखेल-खावा सडकमा दुई गाडी सञ्चालनमा रोक
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल-खावा सडकखण्डमा दुई दिन टिपरलगायत मालवाहक सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । सडक मर्मतलाई निरन्तरता दिन सडक डिभिजन कार्यालय भक्तपुरले आज बिहीबार र भोलि (शुक्रबार) टिपर र मालवाहक गाडी सञ्चालनमा रोक लगाएको हो ।