सार्थक परिवर्तनतर्फ उन्नमुख प्रदेश नं २ का सरकार
जनकपुरधाम, प्रदेश नं २ सरकारले एक वर्षमा ३६ वटा विधेयक तयार गरी प्रदेशसभामा पठाउन सफल भएको छ । संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै सङ्घीयतालााई प्रभावकारी बनाउन सरकारले पठाएको ती विधेयकमध्ये १६ वटा प्रमाणीकरण भई कानूनको स्वरूप ग्रहण गरिसकेको छ ।