ओमानलाई नेपालको ३११ रनको विशाल लक्ष्य
काठमाडौं । कुशल मल्लको विस्फोटक शतकप्रेरित नेपालले एसीसी मेन्स प्रिमियर कपको समूह ‘ए’अन्तर्गत ओमानलाई तीन सय ११ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानका कप्तान जिशन मक्सुदले टस रोजेर फिल्डिङ रोजेपछि घरेलु टिम ब्याटिङमा उत्रिएको थियो ।