कोरोना भाइरसबाट विश्वमा ३ लाख ८८ हजार भन्दा बढीको मृत्यु
जेनेभा स्वट्जरल्याण्ड । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८८ हजार ४१ पुगेको छ भने, संक्रमितको संख्या ६५ लाख ७३ हजार ५६८ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।