रास्वपा र राप्रपालाई कांग्रेसको चेतावनी: झूटो प्रचार बन्द गर्नुस्, नत्र प्रतिवादमा उत्रिन्छौं
काठमाडौं, साउन १९ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)माथि झूटो प्रचार र संसद् बहिष्कारको आरोप लगाएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले दुवै पार्टीलाई यथार्थविरुद्धको अभिव्यक्ति नदिन आग्रह गर्दै