जनमतमा द्वन्द्व: समर्थन फिर्ता निर्णय १२ घण्टामै उल्टियो, मधेश सरकारलाई समर्थन कायमै रहेको दाबी
जनकपुरधाम । जनमत पार्टीभित्र देखिएको आन्तरिक विवादबीच समर्थन फिर्ता सम्बन्धी निर्णय १२ घण्टामै उल्टिएको छ । पार्टीका बहुमत प्रदेश सांसदहरूले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएको केही घण्टापछि संसदीय दलका नेता महेश प्रसाद यादवले समर्थन कायमै रहेको बताएका