मकवानपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल सवार दुई युवाको मृत्यु
मकवानपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। नेवारपानीबाट हेटौंडातर्फ आउँदै गरेको नम्बर नखुलेको ट्रकले हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना ४३ प २२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा राक्सिराङ गाउँपालिका–१ का