सिनामंगलस्थित हवाई इन्धन डिपो गुह्येश्वरी स्थानान्तरण हुने, अत्याधुनिक र पूर्णरूपमा स्वचालित निर्माण योजना
काठमाडौं, ९ साउन । नेपाल आयल निगम लिमिटेडले हाल सिनामंगलमा रहेको हवाई इन्धन डिपोलाई काठमाडौं महानगरपालिका–८ स्थित गुह्येश्वरीमा स्थानान्तरण गर्ने तयारी गरेको छ । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले २०७८ साउन २८ गते गरेको निर्णयअनुसार डिपो सार्ने प्रक्रिया अघि बढाइएको हो