विद्यार्थी संगठनमाथिको प्रतिबन्ध कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश
काठमाडौं । सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । अनेरास्ववियुका अध्यक्ष दीपक धामी सहित विभिन्न विद्यार्थी संगठनले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो