ओलीको स्वास्थ्यमा ६ समस्या देखियो, चिकित्सकको निगरानीमा उपचार
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा ६ प्रकारका समस्या देखिएको छ। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीमा मुटुको धड्कन बढ्ने समस्या देखिएपछि चिकित्सकको निगरानीमा राखिएको अस्पतालले जनाएको छ। शनिबार पक्राउपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएका