प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै बनाउनुपर्ने माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्न खोजिएको भन्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संरक्षण संघर्ष समितिको आह्वानमा जारी आन्दोलनको पाँचौँ दिन सोमबार स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिले ढल्केबरमा आधा घण्टा