सप्तरीमा प्रहरी र मदिरा तस्करबीच झडप, गोली लागेर एक जनाको मृत्यु
जनकपुरधाम, साउन २१ । सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२, कमलपुरमा मदिरा तस्करी गर्ने समूह र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको छ । गोप्य सूचनाका आधारमा मदिरा तस्करी भइरहेको भन्ने जानकारी पाएपछि प्रहरी टोली कमलपुर पुगेको थियो