मुहानमा बाढी पसेपछि काठमाडौँमा मेलम्चीको पानी आपूर्ति अस्थायी रूपमा बन्द
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी पसेर पानी अत्यधिक धमिलो बनेपछि काठमाडौँ उपत्यकामा हुँदै आएको मेलम्चीको खानेपानी आपूर्ति आजदेखि अस्थायी रूपमा बन्द गरिएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मुहानमा पानीको गुणस्तर प्रभावित