सभामुखको अभिव्यक्ति रेकर्डबाट हटाउन एमाले प्रमुख सचेतक ऐन महरको माग
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावलीविपरीत अभिव्यक्ति दिएको भन्दै उक्त भनाइ सदनको अभिलेख (रेकर्ड) बाट हटाउन माग गरेका छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै महरले संसद् सञ्चालनका क्रममा सबैले नियमावलीको पालना गर्नुपर्ने उल्लेख