काठमाडौं । सघीय संसद, राष्ट्रियसभाका १८ जना सदस्ययले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
नयाँ बानेश्वरस्थित सघीय संसद भवनमा आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको सपथ खुवाउनु भएको हो।
छ बर्षे कार्यकालका लागि सपथ लिने सदस्यहरुमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का १६ र राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा०का २ सदस्य हुनुहुन्छ ।
नारायणकाजी श्रेष्ठ, इन्दिरादेवी गौतम, वेदुराम भूषाल, गोपीबहादुर सार्की अच्छामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिह, मृगेन्द्रकुमार सिह यादव, गंगाकुमारी बेल्बासे हुनुहुन्छ ।
त्यस्तै गोपाल भट्टराई, भगवती न्यौपाने, शारदादेवी भट्ट, विमला घिमिरे, जगप्रसाद शर्मा, सुमित्रा विसी, मायाप्रसाद शर्मा र तारामान स्वाँरले सपथ लिनुभएको छ ।
समारोहमा अध्यक्ष तिमिल्सिनाले नयाँ सदस्यलाई साँसदको लोगो लगाइदिनुका साथै बधाई ज्ञापन समेत गर्नुभएको छ ।
राष्ट्रियसभा सदस्यका लागि गत माघ ९ गते निर्वाचन भएको निर्वाचनबाट ७ महिला, २ दलित, २ अपाङगता भएका वा अल्पसंख्यक र ७ जना अन्य समूहबाट निर्वाचित हुनुभएको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक एक सदस्यको भने मनोनित गर्न बाँकी नै रहेको छ ।
पहिलो पटक गोला प्रथाद्वारा दुई बर्षेकार्यकाल प्राप्त गर्नुभएका १८ सदस्यको हिजो विदाई गरिएको थियो ।स्थायी सदनका रुपमा रहेको राष्ट्रियसभा ५९ सदस्यी रहने सवैधानिक व्यवस्था रहेको छ ।




















