काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी २५ वर्षीया रुबीकुमारी ठाकुर उम्मेदवार बनेकी छन्। उनको उम्मेदवारीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गर्ने निर्णय गरेको छ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार पार्टीले औपचारिक रूपमा ठाकुरलाई समर्थन गर्ने निर्णय लिएको हो।
यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि उपसभामुख पदमा आफ्नो उम्मेदवारी दिएको छ। राप्रपाबाट सरस्वती लामा उम्मेदवार बनेकी छन्।
लामाको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर शाही रहेका छन् भने समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरी रहेका छन् ।



















