काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन्। बुधबार भएको निर्वाचनमा बादल एक्लो उम्मेदवार बनेपछि उनी निर्विरोध चयन भएका हुन्।
संसदीय दलको बैठकमा बादललाई संसदीय दलको नेता चयन गर्ने तयारी गरिएको थियो। तर, सांसद सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए।
सहमति नजुटेपछि निर्वाचन प्रक्रिया थालिएको थियो। एमालेले केन्द्रीय सदस्य निरज आचार्यको संयोजकत्वमा गठित निर्वाचन कमिटी चुनावी प्रक्रिया सुरु गरेको थियो। तर, अन्तिममा आएर सुहाङले उम्मेदवारी दिएनन्। उनी नै बादलको प्रस्ताव बनेका थिए। एउटा मात्रै उम्मेदवारी परेपछि बादल निविरोध निर्वाचित भएको घोषणा गरिएको हो।
निर्वाचनपछि सुहाङले बादललाई खादा ओढाएर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। प्रतिनिधि सभामा एमालेका २५ सांसद छन्।



















