काठमाडौं । प्रतिनिधिसभाको सभामुखको निर्वाचन चैत २२ गते हुने भएको छ । आज सिंहदरबारमा बसेको संसदीय दलहरुको वैठकमा सभामुखको निर्वाचन चैत २० गते गर्ने गरी प्रस्ताव गरिएको राप्रपा सांसद खुश्बु ओलीले जानकारी दिइन् । उनले सभामुखको निर्वाचन चैत २२ गते गरेर सोही दिन पदवहाली गर्ने प्रस्ताव गरिएको पनि उनले बताइन् ।
संसदीय समितिहरुमा पनि संख्याको आधारमा तोक्ने परम्परालाई छाडेर राष्ट्रिय दलहरु सबैको सहभागिता रहने गरी निर्णय लिन प्रस्ताव गरिएको पनि सांसद ओलीले जानकारी दिइन् । यता राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कबिन्द्र बुर्लाकोटीले प्रतिनिधिसभाको पहिलो वैठक पुरानै नियमावली अनुसार बस्ने जानकारी दिए ।
संसद वैठकको पूर्व सन्ध्यामा बसेको संसदीय दलको वैठकपछि बुर्लाकोटीले भोलिको पहिलो बैठकमै सभामुखको निर्वाचन प्रस्ताव अघि बढ्ने बताउँदै रास्वपाबाटै सभामुखका लागि पार्टीमा छलफल भइरहेको जानकारी दिए । उनले प्रतिनिधिसभाको पहिलो वैठकमा जेनजीलगायतका सबै शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरिने र संसदमा रहेका दलका अध्यक्ष–प्रमुखले सम्बोधन गर्ने तय भएको जानकारी दिए ।


















