काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा फागुन २१ गतेको चुनावी समीक्षा कार्यक्रम गर्ने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सातै प्रदेशमा निर्वाचन समीक्षा र पार्टीको आगामी बाटो निर्धारणका लागि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
पार्टीले १६५ निर्वाचन क्षेत्रका उम्मेदवारहरूसँग समिक्षात्मक छलफल गर्दै केन्द्रीय प्रतिनिधिको उपस्थितिमा क्षेत्रगत अध्ययन र समीक्षा गर्ने भएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।
कार्यक्रमलाई प्रभावकारी बनाउन सम्बन्धित प्रदेश कार्यसमितिका सभापतिको समन्वयमा केन्द्रीय कार्यसमितिका सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, जिल्ला सभापति, प्रतिनिधि सभा क्षेत्रीय सभापति, प्रदेश सभा सदस्य, प्रदेश सभा क्षेत्रीय सभापति र उम्मेदवारलाई सहभागी गराइने भएको छ ।
यस्तो छ कार्यक्रम तालिका
- कोशी प्रदेश: विराटनगर, २०८२ चैत्र २३, संयोजक: डा. डिला संग्रौला पन्त
- मधेश प्रदेश: जनकपुर, २०८२ चैत्र २५, संयोजक: श्री फरमूल्लाह मंसुर
- बागमती प्रदेश: हेटौडा, २०८३ वैशाख ७, संयोजक: श्री बहादुर सिंह लामा
- गण्डकी प्रदेश: पोखरा, २०८२ चैत्र २७, संयोजक: श्री देवराज चालिसे
- लुम्बिनी प्रदेश: दाङ, २०८२ चैत्र २९, संयोजक: श्री योगेन्द्र चौधरी
- कर्णाली प्रदेश: सुर्खेत, २०८३ वैशाख ३, संयोजक: श्री कर्णबहादुर बुढा
- सुदूरपश्चिम प्रदेश: कैलाली, २०८३ वैशाख ५, संयोजक: श्री प्रकाश रसाइली स्नेही
पार्टीले यस कार्यक्रममार्फत् निर्वाचन अनुभवको समीक्षा गर्दै भविष्यका रणनीति निर्माण गर्ने उद्देश्य राखेको महामन्त्री पौडेलले बताए ।



















