काठमाडौँ । संघीय संसद सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभाका सांसदहरूलाई आफ्नो सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेको छ ।
भ्रष्टाचार निवारण ऐनअनुसार सांसदहरूले शपथ ग्रहण गरेको मितिदेखि ६० दिनभित्र आफ्नो वा परिवारको नाममा रहेको सम्पत्तिको विवरण पेश गर्नुपर्ने व्यवस्था रहेको छ । सचिवालयले यसै आधारमा सांसद सुविधा व्यवस्थापन शाखामा विवरण बुझाउन अनुरोध गरेको हो ।
भ्रष्टाचार निवारण ऐनको दफा ५० अनुसार सार्वजनिक पदमा रहेकाले सम्पत्ति विवरण तोकिएको निकाय वा अधिकारी समक्ष पेश गर्न अनिवार्य छ ।
सांसदहरूले जेठ १० गतेभित्र आफ्नो सम्पत्ति विवरण सचिवालयमा बुझाउनुपर्नेछ ।




















