काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन्। शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बालेनले प्रधानमन्त्री पदको शपथ गरेसँगै पूर्वप्रधानमन्त्री ओलीले बधाई दिएका हुन्।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई।’ पूर्वप्रधानमन्त्री ओलीले भनेका छन्,‘नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषद्का सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु।’



















