काठमाडौँ । सविता भण्डारी बरालले महान्यायाधिवक्ता पदबाट राजीनामा दिएकी छिन् । उनलाई निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेकी थिइन् ।
प्रधानमन्त्री कार्की पदमुक्त भएपछि उनले पनि पदबाट राजीनामा दिएकी हुन् । उनलाई प्रधानमन्त्री कार्कीले २९ भदौमा नियुक्त गरेकी थिइन् ।
उनी करिब साढे ६ महिना सार्वजनिक पदमा रहदा सबैभन्दा बढी विवादास्पद निर्णय गरेकी सरकारी पदाधिकारीमा पर्छिन् ।



















