काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू लिएको छ।
शुक्रबार अपराह्न सिंहदरबारमा बसेको बैठकले जेनजी आन्दोलनका लागि गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। बैठकले जेनजी घाइतेहरूलाई सम्मान गर्ने पनि निर्णय गरेको छ ।
– भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन र यसअघि भएका विभिन्न आन्दोलनमा शहीद भएका सम्पूर्ण ज्ञात-अज्ञात व्यक्तिहरूको सम्मान र श्रद्धाञ्जली व्यक्त गर्ने।
– सरकारको प्रवक्ताको जिम्मेवारी माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई तोक्ने ।
– सरकारको शासकीय सुधारका १०० बुँदा कार्यसूची स्वीकृत गर्ने र भोलिसम्म सार्वजनिक गर्ने ।
– भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझका लागि गठित आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने ।
पहिलो, सुरक्षा संयन्त्रसँग सम्बन्धित सिफारिसको लागि अध्ययन समिति गठन गरी सो समितिले पेश गरेको सिफारिस अनुसार कार्य गर्ने ।
दोस्रो, अन्य सिफारिसहरू तत्काल कार्यान्वयन गर्ने ।
यस निर्णयसँगै सरकारले जेनजी आन्दोलनमा समर्पित श्रद्धाञ्जली, शासकीय सुधार र सुरक्षासम्बन्धी सुधार कार्यलाई प्राथमिकता दिएको देखिन्छ ।




















