काठमाडौँ । २०८३ सालको बैशाख १८ गतेलाई प्रदर्शन मिति तय भएको फिल्म ‘लालीबजार’ को पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ सार्वजनिक गरिएको छ ।
शुक्रबार सार्वजनिक गीतमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापा, मुकुन्द श्रेष्ठ, डेब्यू कलाकार विशाल देवकोटा फिचर्ड छन् ।
प्रदीप लामाको नृत्य निर्देशन रहेको गीतमा स्वस्तिमा र समाइराको नृत्य मुख्य आकर्षण बनेको छ । गीतमा दीपिका बयाम्बु मगर र खेम सेन्चुरीको स्वर छ । साथै, सङ्गीत खेम सेन्चुरीकै छ भने शब्द रमेश बिजीले लेखेका हुन् ।
बर्दियाको राजापुरमा छायांकन गरिएको अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी लगायतको पनि अभिनय छ ।
षट्कोण आर्टसले निर्माण गरेको फिल्म यम थापाको कथा तथा निर्देशन रहेको छ भने पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् ।
कार्यकारी निर्माता प्रदीप भट्टराई छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता हुन् । क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी छन् ।




















