काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना जारी रहँदा हालसम्म ८३ लाखभन्दा बढी मत गणना सम्पन्न भएको छ।
निर्वाचन आयोगका अनुसार सोमबार बिहानसम्म ८३ लाख ६ हजार ६९६ मत गणना भइसकेको छ।
पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी ४० लाख ९ हजार ५५५ मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ पनि रास्वपाले हालसम्म १२४ सिट जितेको छ।
त्यसैगरी नेपाली कांग्रेसले समानुपातिकतर्फ १३ लाख ४९ हजार ४०८ मत प्राप्त गरेको छ। कांग्रेसले प्रत्यक्षतर्फ १७ सिट जितेको छ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले समानुपातिकतर्फ ११ लाख ४३ हजार ४६६ मत पाएको छ भने प्रत्यक्षतर्फ अहिलेसम्म ८ सिट जितेको छ।
यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ५ लाख ८७ हजार ७३९ मत प्राप्त गरेको छ।
श्रम संस्कृति पार्टीले २ लाख ८९ हजार ९९२ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ लाख ७५ हजार १२४ मत प्राप्त गरेको छ।
मधेस केन्द्रित दलहरू भने यसपटक समानुपातिकतर्फको थ्रेसहोल्ड पार गर्ने अवस्थामा देखिएका छैनन्। जनता समाजवादी पार्टी (जसपा) ले हालसम्म १ लाख २४ हजार २०७ मत पाएको छ भने राष्ट्रिय परिवर्तन पार्टीले १ लाख १८ हजार १६५ मत प्राप्त गरेको छ।



















