काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ ४९ पैसा र बिक्रीदर १४७ रुपियाँ ०९ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपियाँ २० पैसा र बिक्रीदर १७० रुपियाँ ९० पैसा, युके पाउण्ड स्टटर्लिङ एकको खरिददर १९६ रुपियाँ ४८ पैसा र बिक्रीदर १९७ रुपियाँ २८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपियाँ ७९ पैसा र बिक्रीदर १८९ रुपियाँ ५६ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपियाँ ९९ पैसा र बिक्रीदर १०३ रुपियाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपियाँ ९७ पैसा र बिक्रीदर १०८ रुपियाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपियाँ ५१ पैसा र बिक्रीदर ११४ रुपियाँ ९८ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ २८ पैसा र बिक्रीदर नौ रुपियाँ ३२ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ २४ पैसा र बिक्रीदर २१ रुपियाँ ३३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ ०३ पैसा र बिक्रीदर ३९ रुपियाँ १९ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ ०८ पैसा र बिक्रीदर ४० रुपियाँ २४ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६१ पैसा र बिक्रीदर चार रुपियाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ८८ पैसा र बिक्रीदर ४० रुपियाँ ०५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ १२ पैसा र बिक्रीदर ३७ रुपियाँ २८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपियाँ ८८ पैसा र बिक्रीदर ०९ रुपियाँ ९२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ र बिक्रीदर १६ रुपियाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ७८ पैसा र बिक्रीदर २२ रुपियाँ ८७ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ७३ पैसा र बिक्रीदर १८ रुपियाँ ८० पैसा, कुवेती दिनार एकको खरिददर ४७८ रुपियाँ ५७ पैसा र बिक्रीदर ४८० रुपियाँ ५३ पैसा, बहराइन दिनार एकको खरिददर ३८८ रुपियाँ १६ पैसा र बिक्रीदर ३८९ रुपियाँ ७५ पैसा, ओमनी रियाल एकको खरिददर ३८० रुपियाँ ९९ पैसा र बिक्रीदर ३८२ रुपियाँ ५५ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । (रासस)




















