काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यसअघि माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुग्दै प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ कायम भएको रेकर्ड रहेको छ।
यसैगरी चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ६५ रुपैयाँले घटेर ५ हजार ४१० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ५ हजार ४७५ रुपैयाँ थियो।



















