कैलाली । कैलाली क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार कोमल ज्ञवाली १७,८२६ मत ल्याएर विजयी भएकी छिन् ।
उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जनकराज चौधरीले १२,८६७ मत प्राप्त गरे। टीकापुर नगरपालिकाको नगरप्रमुख पदबाट राजीनामा दिएर नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका रामलाल डगोरा थारुले ८३९२ मत प्राप्त गरे।
नेपाल कम्युनिस्ट पार्टी एमालेका द्वारिकाप्रसाद न्यौपानेले ४४९३ मत प्राप्त गरे। यहाँ स्वतन्त्र उम्मेदवार फागुराम थारुले ३३८८ राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र कुँवरले २९३७ उज्यालो नेपाल पार्टीका उम्मेदवार प्रदिप कुमार चौधरीले २३५७ संस्कृति पार्टीका बिमलकुमार डगौराले ९०८ मत प्राप्त गरे ।




















