काठमाडौं । आज नेप्से परिसूचक सामान्य अंकले बढेको छ। यस दिन नेप्से परिसूचक २.४१ अंकले बढेर २६१६.९७ अंकमा पुगेको छ। यसदिन ३२९ स्क्रिप्सको १ करोड २६ लाख २१ हजार १८८ कित्ता सेयर ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार ९४६ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये ११३ वटा स्टक्सको मूल्य बढ्दा १४० वटाको घट्यो। बाँकी ९ वटा स्टक्सको मूल्य स्थिर रह्यो। आज २ वटा कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भयो। सालपा विकास बैंकको ९.९९ र रिलायन्स स्पाइनिङको सेयर ९.२८ प्रतिशतले बढेको हो । कारोबार रकमका आधारमा आँखुखोला शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३६ करोड २ लाख मूल्य बराबरको सेयर कारोबार भएको छ ।




















