काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचार र पुनःस्थापनाका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
एन्फाले विज्ञप्ति जारी गर्दै साम्बा नेपाली फुटबलकी महत्वपूर्ण खेलाडी रहेको उल्लेख गर्दै देशका लागि निरन्तर योगदान पुर्याउँदै आएको स्मरण गराएको छ। खेलकै क्रममा उनको घुँडामा चोट लागेको र उपचार प्रक्रिया अघि बढिरहेको संघले स्पष्ट पारेको छ ।
व्यावसायिक फुटबलमा कुनै खेलाडी घाइते भए उपचारको जिम्मेवारी सम्बन्धित क्लबको हुने अन्तर्राष्ट्रिय अभ्यास रहेको एन्फाको भनाइ छ। हाल साम्बा अष्ट्रेलियाको ए–लिगअन्तर्गत व्यावसायिक क्लब Wellington Phoenix FC बाट खेल्दै आएकी छन्। उनका हकमा पनि क्लबले न्यूजिल्यान्डमै उपचार प्रक्रिया अघि बढाएको जनाइएको छ।
यद्यपि साम्बाले कतारमा उपचार गराउने इच्छा व्यक्त गरेपछि एन्फाले आवश्यक पहल सुरु गरेको जनाएको छ ।





















