ललितपुर । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले उमेदवारको इमान्दारिता, योजना र व्यक्तित्व हेरेर मतदान गर्न आग्रह गरेकी छन् ।
नमूना महिला सञ्जाल गोदावरीले सोमबार आयोजना गरेको निर्वाचनलक्षित महिला भेलामा उनले ललितपुर क्षेत्र नं १ मा धेरै उमेदवार भए पनि सबैको पृष्ठभूमि हेरेर मतदान गर्न आग्रह गरेकी हुन् ।
उपसभापति भुसालले आफ्नो पार्टीले अगाडि सारेको उमेदवार उदयशम्शेर राणा दाग नलागेको, भ्रष्टाचारविरोधी र इमान्दार रहेको दाबी गरिन् । राणाको नेतृत्व र निष्ठामाथि कसैले औँला ठड्याउन नसक्ने भन्दै उनको विजय नै यस क्षेत्रको विकासको आधार भएको भुसालको भनाइ छ ।
कांग्रेस बदलिएर आएको र देशको नेतृत्व गर्न पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको उमेदवार बनाएको भन्दै उपसभापति भुसालले राणाको जितले यस कार्यमा बल पुग्ने बताइन् । (रासस)




















