नुवाकोट । दुप्चेश्वर गाउँपालिका–१, ग्याङफेदीका निर्वाचित वडाध्यक्ष सीताराम तामाङ ले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् ।
एमाले प्रवेश कार्यक्रममा तामाङले करिब पाँच सयभन्दा बढी समर्थक तथा कार्यकर्तालाई समेत पार्टीमा प्रवेश गराउने प्रतिबद्धता व्यक्त गरे। उनले तत्कालीन माओवादी तथा नेकपाले विगत दुई पटकसम्म निर्वाचन जिते पनि नुवाकोटमा उल्लेखनीय विकास कार्य गर्न नसकेको आरोप लगाए।
आगामी निर्वाचनमा नुवाकोट–१ का एमाले उम्मेदवार बद्री मैनालीलाई विजयी गराउने लक्ष्यसहित आफू एमाले प्रवेश गरेको तामाङले बताए।
एमाले प्रवेश कार्यक्रममा मैनालीले पार्टीको झण्डा तथा चुनाव चिन्ह हस्तान्तरण गर्दै तामाङलाई स्वागत गरेका थिए। तामाङसँगै दुप्चेश्वर क्षेत्रबाट जेन–जी पुस्ताका राजेश तामाङ पनि एमाले प्रवेश गरेका छन्।




















