काठमाडौँ । चर्चित अभिनेता सुनिल थापाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिएको छ ।
आइतबार बिहानैदेखि थापालाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न कलाकार, नागरिक अगुवा, राजनीतिक दलका नेता तथा सर्वसाधारण चलचित्र विकास बोर्ड पुगेका छन्। उनको शनिबार बिहान उपचारका क्रममा निधन भएको थियो। ६८ वर्षीय थापाको शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो । बिहान स्वास्थ्यमा समस्या भएपछि थापालाई अस्पताल लगिएको थियो ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आइतबार बिहान भएको पोस्टमार्टम रिपोर्ट अनुसार थापाको हृदयघातबाट मृत्यु भएको पाइएको छ ।
‘हृदयघात भएर मुटुको नसा ब्लक भएका कारण मृत्यु भएको देखिएको छ,’ एक चिकित्सकले भने ।
आजै थापाको पशुपति आर्यघाटमा अन्येष्टि गरिनेछ । त्यसअघि चलचित्र विकास बोर्डमा शव यात्रा निकालिने जनाइएको छ ।



















