सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार आज बिहान लु३च ५४७२ नम्बरको कार दुर्घटना हुँदा बुटवल उपमहानगरपालिका–१ का २७ वर्षीय शुभम् जैसवालको मृत्यु भएको हो ।
काँकरभिट्टाबाट बुटवलतर्फ गइरहेको कारका चालक बुटवल उपमहानगरपालिका–१ का २३ वर्षीय साहिल बर्मा, ४८ वर्षका वृजकिशोर बर्मा र ५२ वर्षका सञ्जय जैसवाल घाइते भएका छन् ।
घाइते सबैको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये जैसवालको अवस्था गम्भीर छ । (रासस)

















