भक्तपुर । नेकपा एमालेका सचिव तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार महेश बस्नेतले आफूलाई ‘सङ्कटका सारथि’ को रूपमा प्रस्तुत गर्दै भक्तपुरको विकास यात्रालाई अझ तीव्र बनाउने प्रतिबद्धता जनाएका छन् ।
२०७२ सालको विनाशकारी भूकम्पपछि भत्किएका विद्यालय, ऐतिहासिक सम्पदा तथा धार्मिक संरचनाहरूको पुनर्निर्माण अभियानमा आफूले नेतृत्वदायी भूमिका निर्वाह गरेको उनले दाबी गरेका छन् । उनका अनुसार मठ–मन्दिर, पाटी–पौवा लगायतका सांस्कृतिक धरोहरहरूको पुनर्जीवनसँगै शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन र स्थानीय रोजगारीका क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ ।
“म केवल नीति बनाउने नेता होइन, समृद्ध भक्तपुर बनाउने सारथि बन्न चाहन्छु,” बस्नेतले भने, “अझै अधुरा कामहरू बाँकी छन् । विकासको गति थप तीव्र बनाउनु मेरो लक्ष्य हो ।”
आगामी कार्यकालमा भक्तपुरलाई केवल ऐतिहासिक सहरका रूपमा सीमित नराखी अवसर र समृद्धिको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् ।
भक्तपुर क्षेत्र नं. २ को मात्र होइन समग्र भक्तपुरको विकासमा नेता बस्नेतका महत्वपूर्ण योगदान रहेको स्थानीयले बताएका छन् । भक्तपुरको इतिहासमै बस्नेत सांसद हुँदा जति विकास अरु समयमा नभएको बताउँदै स्थानीयहरुले हालसम्मको विकास निर्माण र समाजसेवामा पुर्याएको योगदानको कदर गर्दै र भविष्यमा अझ धेरै विकास निर्माणमा सहयोग पुर्याउन पनि नेता बस्नेतलाई मतदान गर्ने बताएका छन् ।
स्थानीय जनता भन्छन् “महेश बस्नेतले अब स्थानीयलाई रोजगारीको व्यवस्था र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नेमा आफूहरु विस्वस्त रहेको बताउँदै दुःखसुखमा साथ सहयोग गर्ने, सवै स्थानीयसँग निर्वाचनका बेला मात्र होइन, अरु बेला पनि भेटघाट गर्ने, जति बेला गर्दा पनि फोन उठाउने, उठाउन नभएका बेला पछि आफैले फोन गर्ने, विहान, वेलुका, फुर्सदको समयमा गाउँघर घुम्ने, युवाहरुलाई उज्ज्वल भविष्यका लागि मार्गदर्शन गर्ने जस्ता काम गर्दै आएकाले नेता बस्नेत भक्तपुरवासीको मनमनमा बस्न सफल भएका छन् । अहिलेका जनता आश्वासन होइन, परिणाम हेरर निर्णय गर्ने भएकाले पनि बाहिरबाट गएर उम्मेदवार भएकाहरुको आश्वासन र नेता बस्नेतविरुद्ध फैल्याउने अनर्गल प्रचारको पछि लाग्ने देखिदैन । महेशले अत्याधिक मतान्तरसहित विजय हासिल गर्छन ।”



















