काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ। निर्वाचन नजिकिँदै गएकाले प्रहरी प्रधान कार्यालय नक्सालले ठूलो संख्यामा जिल्ला प्रहरी प्रमुखहरू हेरफेर गरेको हो।
सरुवा हुने एसपीहरूमा अनन्तराम शर्मा, अनिलकुमार खड्का, अमरेन्द्रबहादुर सिंह, अर्जुनप्रसाद तिमिल्सिना, एकनारायण कोइराला, काजीकुमार आचार्य, कुलदीप चन्द, केशव भट्टराई, गजुसिद्धि बज्राचार्य, गौतम मिश्रलगायत रहेका छन्।
गौतम मिश्रलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन महाशाखाबाट जिल्ला प्रहरी परिसर ललितपुरमा सरुवा गरिएको छ। ललितपुरका प्रहरी प्रमुख चक्रराज जोशीलाई नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदलमा पठाइएको छ।
निर्वाचनका दृष्टिले संवेदनशील मानिने झापामा बसुन्धरा खड्कालाई खटाइएको छ। उनी यसअघि बागमती प्रदेश मानव स्रोत व्यवस्थापन महाशाखा, हेटौँडामा कार्यरत थिइन्।
यसैबीच, नेपाल प्रहरीका ८ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पनि सरुवा भएको छ। सरुवा हुने डीआईजीहरूमा अरुण पौडेल, जयराज सापकोटा, दिनेशकुमार आचार्य, दीपक रेग्मी, दीपेन्द्र घर्ती क्षेत्री, भूपेन्द्रबहादुर खत्री, माधवप्रसाद श्रेष्ठ र राजेन्द्रप्रसाद भट्ट रहेका छन्।
सरुवा अनुसार पौडेललाई प्रहरी प्रधान कार्यालयको कार्यविभाग अन्तर्गत कार्य निर्देशनालयमा, सापकोटालाई कर्णाली प्रदेश प्रहरी कार्यालयमा, आचार्यलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा र रेग्मीलाई अन्वेषण योजना तथा विकास निर्देशनालयमा पठाइएको छ।
त्यसैगरी घर्ती क्षेत्रीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा, खत्रीलाई केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटमा, श्रेष्ठलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा र भट्टलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा सरुवा गरिएको छ।
४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा, को कहाँ ?

























